१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नाईं ट्रेड युनियन आन्दोलित, लकडाउन अवधिभर प्रतिमहिना २५ हजार दिनुपर्ने माग



अ+ अ-

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लक डाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । 

लक डाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लक डाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लक डाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सपल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सरकारले लक डाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायम समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उहाँले बतानुभयो । स्थानीय सरकारहरुले राहत वितरण गरेपनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफुहरुले पाउन नसकेको उहाँले बताउनुभयो । पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो । १० अर्ब भन्दा बढी रकम रकारले खर्च गरेको बताएपनि आफुहरुले १० रुपैयाँको राहत समेत नपाएको उहाँले बताउनुभयो । आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।