१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेका खेलकुद विभागका पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिश गरेको पदाधिकारी र सदस्यहरुको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ । विभाग प्रमुख मोहनबहादुर बस्नेतले २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएका थिए ।

विभागको उप–प्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जनलाई सिफारिस गरिएको थियो । कराते पृष्ठभूमिका दुवै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष हुन् ।

सदस्यहरुमा बाराका मणिभूषण यादव, सिरहाका उपेन्द्र यादव, काठमाडौंका दीपराज गुरुङ, बाँकेका विजेन्द्र हमाल, मोरङका सोभितराज प्रसाईं, सुनसरीका किशोर राई, धनुषाका लनम चौधरी, दाङका जितबहादुर केसी, झापाका पंकज नेम्वाङ, बर्दियाका कृष्ण वर्मा, डोटीका प्रतिमा शाही र पूर्णसिंह बोहरा, काठमाडौंका उद्धव खड्का, भक्तपुरका उमेश खड्का, नुवाकोटका राजु कँडेल, स्याङजाका देवकुमार मानन्धर, कञ्चनपुरका भानु चन्द, कैलालीका कुवेरप्रकाश सिंह, दोलखाका सिंहबहादुर तामाङ, सिन्धुपाल्चोकका टपेन्द्र धर्नाल, हुम्लाका बखतबहादुर शाही, इलामका डम्बर खड्का, रुकुमका शिव आचार्य, पाँचथरका महेन्द्र राई र कैलालीका प्रकाश विष्टलाई मनोनियनका लागि सिफारिस गरिएको थियो ।

सचिव महर्जनले सिफारिस गरिएका सबैको नामवली केन्द्रबाट अनुमोदन भइसकेको जानकारी गराउदै साउन ३ गते सबैलाई पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सानेपास्थित केन्द्रीय कार्यायलयमा मनोनयन पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेका बताए । विभागले बानेश्वरमा आफ्नो कार्यालय समेत स्थापना गरिसकेको छ ।