१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना थप खतरनाक हुने डब्लूएचओको चेतावनी



अ+ अ-

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एड्नम ग्याब्रियसले कोरोना भाइरसलाई सामान्य रूपमा लिने गल्तीलाई निरन्तरता दिए आगामी दिनमा महामारीको स्थिति कल्पना गरेभन्दा पनि खराब हुने चेतावनी दिएका छन्।

विश्वभरका सबैजसो देशले कोरोना नियन्त्रणको प्रयासमा गलत बाटो समातिरहेको कारण संक्रमण घटनुको साटो झन बढिरहेको उनले बताए। 

डब्लुएचओले सुझाएअनुसार सामाजिक दूरी कायम गर्ने, मास्क लगाएरमात्र घरबाहिर निस्कने, नियमित रुपमा साबुन पानीले हात धुनेलगायतका काम विश्वका अधिकांश स्थानमा राम्ररी पालना नगरिएको ग्याब्रियसको भनाइ थियो।

पछिल्लो समय उत्तर र दक्षिण अमेरिकासँगै दक्षिण एशियामा कोरोना भाइरस महामारी तिब्रताका साथ फैलिइरहेको छ। 

“कोरोना भाइरस अहिले मानज जातिको एक नम्बरको शत्रु हो। तर, विश्वभरका सरकारहरुले यसको नियन्त्रणका लागि सही कदम चालिरहेका छैनन्। यसले मानव जातीलाई गम्भीर खतराको बाटोमा डोर्‍याइरहेको छ,” जेनेभामा भएको पत्रकार सम्मेलनमा ग्याब्रियसले भने, “अझै पनि विश्वभर कठोरताका साथ सावधानीका उचित उपायहरू नअपनाउने हो भने स्थिति झनै खराब हुनेछ।”

डब्लुएचओका आपतकालिन निर्देशक डा. माइक रायनले कोरोना भाइरसको विषयमा अझै पनि धेरै कुरा जानकारी भइनसकेको बताउँदै आगामी केही महीनामै प्रभावकारी खोप विकास हुने आशा गर्न नसकिने बताए। 

भाइरससँग कसरी बाच्ने भन्ने विषयमा जानकारी हासिल गर्नु अहिलेको स्वास्थ्य विज्ञानको मूख्य चुनौती भएको उनले बताए।

“कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरूमा इम्युनिटी (रोगविरुद्ध लड्ने शारिरिक क्षमता)  बढे/नबढेको अहिलेसम्म पत्ता लागिसकेको छैन। कसैमा इम्युनिटी बढेको भए पनि त्यो कहिलेसम्मका लागि हो भन्ने कुरा पनि प्रष्ट छैन,” डा.रायनले भने, “त्यसैले अहिले यसको संक्रमणबाट बाच्न सावधानी अपनाउनुभन्दा अरु कुनै विकल्प छैन।”