२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत



अ+ अ-

काठमाडौँ। सरकारले जटिल रोग लागेका बिरामीको स्याहार तथा उपचार लक्ष्यित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत गरेको छ ।

क्यान्सर, हृदय र फोक्सो रोग, अल्जाइमर्स, पार्किक्न्सन्स, मृगौलासम्बन्धी रोगजस्ता जीवनलाई दीर्घकालीन रूपमा चुनौती दिने अवस्थका  बिरामीलाई प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले रणनीति स्वीकृत भएको हो ।

मुलुकमा क्यान्सरपीडितका लागि यस्तो सेवा भए पनि अन्य रोगका बिरामीका निम्ति प्रशामक सेवा उपलब्ध छैन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार उक्त रणनीति स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार  हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिमा समावेश छ । रणनीति स्वीकृत भएसँगै जटिल प्रकृतिका रोगको सामना गर्न परिवार, समाज तथा राज्यलाई सहज हुनेछ । रासस