२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भ्रम छरिँदै छ: विष्णु रिमाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गर्नुभएको छ । तथापि उहाँलाई बदनाम गराउन सुनियोजित हिसाबले केही मानिसहरू लागेकाले सजक रहन उहाँले आग्रह गर्नुभएको छ । ‘सजग रहनुहोला, बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ, बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ ।

देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा प्रष्ट थाहा भएको उहाँको भनाई छ । तर उनीहरूले समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका रिमालको टिप्पणी छ । ‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालले लेख्नु भएको छ ।

अहिले समाजमा सेवा दिने होइन, कथा बनाउनेहरू चर्चामा रहेका उहाँको टिप्पणी छ । ‘यस्तो बेलामा तपाईँले इमानदार प्रयास गर्नुभयो भने पनि, त्यो फिडमा देखिँदैन, किनकि त्यो फ्रेमको हिस्सा होइन’, रिमालको धारणा छ ।

कामभन्दा कथा ठुलो भएको युगमा कथा लेख्नेहरू कामभन्दा अघि पुग्न सकेछन् तर्फ उहाँले सचेत गराउनुभएको छ । ‘त्यसैले, सजग रहनुस्–काम गर्नुस्, तर ध्यान दिनुस्–कामभन्दा पनि कथा ठुलो भएको युगमा कथा लेख्नेहरू तपाईँको कामभन्दा अघि पुग्न सक्छन्, कर्ममा अडिग रहनुहोस्, तर कन्टेन्टको दुनियाँले तपाईँलाई कन्टेन्ट बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्’, उहाँले लेख्नु भएको छ ।

पछिल्ला केही दिन यता बिजुली प्रबाहमा निरन्तरता नभएपछि सरकार र नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यको चर्को आलोचना भै रहेको छ ।




भर्खरै