२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको सुन जस्तो देखिने पहेँलो धातुको तौल ७ केजी ६५३ ग्राम भएको पुष्टि भएको छ ।

आइतबार दिउँसो केरुङबाट काठमाडौं आउदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडी चेकजाच गर्दा सात किलो ६५३ ग्राम पहेँलो धातु बरामद भएको हो ।

पहेँलो धातु सुन हो कि होईन भनेर यकिन गर्न बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए ।

चिनबाट स्याउ बोकेर ल्याएको डिब्बाको चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो ।

प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका चालक किशोर कुमार भुजेललाई पक्राउ गरेको छ ।