१८ असार २०८३, बिहीबार
,
Latest
बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रको एकीकरणमा भानुभक्त आचार्यको महत्वपूर्ण योगदान : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । 

पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । भानु जयन्तीका अवशरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यर्लाइ एक बनाएका थिए । भूगोलको एकीकरणमात्रै राष्ट्रको एकीकरण हुँदैन भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्नेक अभियन्ता भानुभक्त आचार्य हुन ।’’ भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानज सभ्यताको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडी बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

जन्म जयन्तीका अवशरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । देश तथा नेपाली भाषीहरको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।