२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने



अ+ अ-

काठमाडौँ। सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने बताएका छन् ।

बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको आज भ्रमणमा आएका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सगरमाथा संवादका करिब एक सय सहभागीलाई नमूनायोग्य हरित विद्यालय मानिएको बज्र एकेडेमीको भ्रमण गराइएको थियो ।

भ्रमणमा सहभागी विज्ञलाई सगरमाथा संवादका प्यानलिस्ट एवं बज्र एकेडमीका संस्थापक मार्टिन ओल्थोपले विद्यालयमा गरिएको पर्यावरणमैत्री पठनपाठन तथा क्रियाकलापबारे जानकारी गराएका थिए ।

ओल्थोपका अनुसार हरियालीले भरिपूर्ण विद्यालय परिसरको विकास, सौर्य ऊर्जामा आधारित बाफलाई मुख्य इन्धनको रूपमा प्रयोग गरिने भान्सा घर, गाईपालन, गाईको गोबर र मलमा आधारित वायो ग्यास, अर्गानिक तरकारी तथा जडिबुटी खेती, मौरीपालन, वर्षातको पानी सङ्कलन, विद्यालयमा जैविक खाना, खाजा, पर्यावरण मैत्री फोहर व्यवस्थापन र हरितमैत्री पाठ्यसामग्रीको प्रयोग गरिएको जानकारी दिए ।

सो विद्यालयले विद्यार्थीलाई नजिकैको स्थानीय निकायसँगको सहकार्यमा पर्यावरणमैत्री क्रियाकलापमा सहभागी गराउँदै आएको छ । विद्यालयमा इको क्लब गठन गरी यसमार्फत पर्यावरणका पक्षमा लगाउन थालिएको छ । “विद्यार्थीलाई धान, मकै आदि खेती गर्न लगाएर हावा, पानी र माटो चिनाउने काम गरेका छौँ”, उनले भने।

बज्र फाउण्डेशनद्वारा पर्यावरणमैत्री विद्यालय चलाउने उद्देश्यले १८ वर्षअघि स्थापित बज्र एकेडेमीले फरक शैलीको पठनपाठन गराउँदै आएको छ । यस्तो शैलीको पठनपाठनलाई अब प्रदेशस्तरमा विस्तार गरिने एकेडेमीका प्रमुख डोरबहादुर भण्डारीले जानकारी दिए ।




भर्खरै