२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइभर्सन बगाएपछि काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध



अ+ अ-

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

आज बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भिषण बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो ।