१८ असार २०८३, बिहीबार
,
Latest
बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ । 
 
यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा  गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश १ तथा प्रदेश २  थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका  एकरदुई स्थानहरुमा भारी वर्षाको  समेत हुनसक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।