१८ असार २०८३, बिहीबार
,
Latest
बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु अव्यवहारीक –यातायात मन्त्री  नेम्बाङ



अ+ अ-

काठमाडौंं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । 

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारीक नभएकोले सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पार्नुभयो । सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दीन भन्न नहुने नेम्बाङले बताउनुभयो । 

उहाँले व्यवसायीका सबै चाहनाहरु सरकारले पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गर्नुभो । यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफुहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए । व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दा सम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताउनुभयो । चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताउनुभयो ।

व्यवसायीहरुले पुनरकर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए ।