२७ जेष्ठ २०८३, बुधबार
,
Latest
टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टच्वाइस टेक्नोलोजिज र एस्थेटिक अस्पतालबिच सम्झौता



अ+ अ-

काठमाडौं: भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच छुट सम्झौता भएको छ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको हो।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ।

ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपीडी परामर्श, इम्प्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, माईफ्युर, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनेछन्।

एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका  बैंक, ११ ‘ग’ वर्गका  बैंक र १००+ सहकारी संस्थाहरू छन्। ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लिखित बैंकहरूबाट एससीटी–यूपीआई कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको उल्लेख गरिएको छ।




भर्खरै