२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाद्वारा नेपाली सेनालाई खेल सामग्री सहयोग



अ+ अ-

काठमाडाैंः अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्बारा नेपाली सेनाकाे जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।   

सेनाका अनुसार विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताका क्रममा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरि जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्बारा आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।  

उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिटमुनि रहेको २ (दुई) वटा खेलाडी परिवर्तन कक्षमा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-२३/२३, फिजियोथेरापी वेड गोटा-१/१, रेफ्रिजिरेटर गोटा-२, ऐना गोटा-१/१ र रेफरी परिवर्तन कक्षकाे लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-४, सोफा गोटा-४, टेवल गोटा-२ लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले जनाएकाे छ ।