२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरीनै आएको अविरल वर्षाले गराएको भौतिक तथा मानविय क्षतिहरु… हेरौं तस्विरहरु (फोटोफिचर)



अ+ अ-

वर्षायाम शुरुभएसंगै देशका विभिन्न ठाँउहरुमा बाढि पहिरो लगायतका प्राकृतिक विपतहरु आईपरिरहेको छ । कयौं ठाँउमा मानिसहरुले आफ्नो ज्यानसम्म पनि गुमाएको स्थिती छ । केहि दिनयता आएको भिषण वर्षाका कारण नदि नाला खोलाहरुमा पानीको बहाब ह्वात्तै बढाएको छ ।

वर्षाकै कारण कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या पनि ७ जना पुगेको छ भने  ११ जना घाइते अवस्थामा रहेका छन् ।

त्सतै म्याग्दीमा पनि ३ जनाको ज्यान गइसकेको छ भने ३१ जना अझै हराईरहेकको अवस्था छ । यस अविरल वर्षाका कारण धेरै भौतिक तथा मानविय क्षतिहरु भईसकेको छ । 

देशका विभिन्न क्षेत्रहरुमा आएको वर्षाका कारण भएको क्षतिहरुको तस्विरहरु ः

(बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर पानीट्याङ्की सडक । तस्वीरः वासुदेव पौडेल/रासस)

(अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य । तस्वीरः कृष्ण आचार्य /रासस)

(बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको  बाढीले क्षति पु¥याएको  पुल  । तस्बिरः सन्तोष गौतम/रासस)

(लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन् । तस्वीरः विमलबहादुर विष्ट/रासस)

(म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७  मङ्गलाघाटस्थित प्रहरी बिट । तस्वीरः सन्तोष गौतम/रासस)

(पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ । तस्वीरः राधिका कँडेल/रासस)

(अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी( ४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस)

(बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका– ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै । तस्वीरः वासुदेव पौडेल/रासस)

(लमजुङको क्व्होलासोथर गाउँपालिका– ७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ । तस्वीरः जनक श्रेष्ठ/रासस)




भर्खरै