७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा



अ+ अ-

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपदको समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्या हुने गरेको बताउनुभएको छ ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले विपद्का समयमा पनि सबैलाई भाषण गर्नैपर्ने, हेलिकोप्टरमा राहत सामग्री भन्दा पनि नेता नै जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।

विपद् व्यवस्थापनका लागि रिपोर्ट बनाएर दिनुस् भन्दा कर्मचारीले चार, पाँच महिना लगाइदिने तर विदेश घुम्ने भनेपछि आजको भोलि नै तयार हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नीतिगत सुधार गरेर व्यवस्थापनको जिम्मा तीन तहको सरकारको समन्वयमा स्थानीय तहलाई नै दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहाड, हिमाल र तराईमा विपद् व्यवस्थापनमा फरक फरक योजना बनाउनुपर्छ । त्यसमाथि राहतको प्रणालीमा पनि स्पष्ट हुनु जरुरी छ । सबैभन्दा ठूलो कुरा भनेको राहत दिने र समस्या समाधान गर्नेभन्दा पनि पब्लिसिटी खोज्ने धेरै छन् । सबैलाई भाषण गर्नैपर्ने, हेलिकोप्टरमा राहत सामग्री भन्दापनि नेता जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । विपदका समयमा हेलिकोप्टरमा राहत सामग्रीबाहेक अरु कोही नजानेगरि कानुनमै व्यवस्था गर्नु जरुरी छ । अबदेखि राहत क्यासमै गर्दा राम्रो हुन्छ भन्नेमा जोड दिनुपर्छ । समस्या कहाँनेर छ भने राहत सामग्री पाँच लाखको हुन्छ अनि हेलिकोप्टर भाडा ८ लाख छ । त्यसैले पब्लिसिटीका लागि हेलिकोप्टरमा नेता जानुभन्दा बरु ८ लाखकै सामान किन्नु उपयुक्त हुन्छ । अर्को कुरा समस्या कहाँ हो भने कर्मचारीहरु विदेश घुम्ने भनेपछि आजको भोलि नै तयार हुन्छन् तर विपद व्यवस्थापनको रिपोर्ट बनाएर दिनुस् भन्यो भने चार पाँच महिना लगाइदिन्छन् । त्यसैले विपद व्यवस्थापनका लागि टास्क फोर्स आवश्यक छ । त्यसका लागि कस्ता मानिस लिने भन्ने पहिले नै निक्र्यौल गर्नुपर्छ । त्यसकारण काम गर्नका लागि नीतिगत सुधारको आवश्यकता छ । नीतिगत सुधारसँगै विपद् व्यवस्थापनको जिम्मा तीन तहको सरकारको समन्वयमा स्थानीय तहलाई नै दिनुपर्ने हुन्छ ।’

उहाँले विपद व्यवस्थापनका लागि टास्कफोर्स आवश्यक रहेको बताउँदै त्यसका लागि कस्ता मानिस लिने भन्ने पहिले नै निक्र्यौल गरिनुपर्ने बताउनु भयो ।