२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार बढेको सुनको मुल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा लगातार उकालो लागेको सुनको मुल्य शुक्रबार ओरालो लागेको छ । शुक्रबार सुन तोलामा २ सय घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहिबार तोलामा ९२ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार २ सय रुपैयाँ घटेर ९२ हजार २ सयमा कारोबार भइरहेको जनाएको छ ।   

यस्तै तेजावी सुन बिहिबार तोलामा ९१ हजार ९ सय ६५ मा कारोबार भएको थियो भने शुक्रबार तोलामा २ सय ५ रुपैया घटेर ९१ हजार ७ सय ६० मा कारोबार भइरहेको छ । 

यसैगरी चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।