२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छः अध्यक्ष दाहाल



अ+ अ-

पर्वत।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ ।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताउनुभयो । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उहाँको भनाइ छ ।

हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरु धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।”

समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो । रासस