२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन र ९७ प्रतिशत विदेशबाट फर्किएका (आयातित) छन् । यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।’

पिसिआर टेस्ट नै नगरी विदेशबाट रेस्क्यु फलाइटमार्फत सिधै आएका केही व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएकामध्ये ३५ प्रतिशतले मात्रै पिसिआर टेस्ट गरेको पाइएको छ । यसरी हेर्दा ५ हजार ६ सय १२ जनाले मात्रै पिसिआर परीक्षण गरेर नेपाल भित्रिएको देखिन्छ ।

यस्तै, १९ दिनको अवधिमा क्वारेन्टिनमा बस्दै आएका ४९ हजार ५ सय ९७ जना क्वारेन्टिनबाट बाहिरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार गत ११ असारमा क्वारेन्टिनमा ७४ हजार २२ जना रहेकामा बिहीवार घटेर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । बिहीबार थप १ सय ३९ जना उपचारपछि निको भएर फर्केका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । तर, भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण समुदायमा नफैलिएको बताएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।