२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम



अ+ अ-

म्याग्दी। यहाँको अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ ।

मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रममार्फत यही जेठ ५ गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा १७ जना सहभागी रहेको अन्नपूर्ण गाउँपालिकाका उद्यम विकास सहजकर्ता विष्णु गौतमले जानकारी दिनुभयो । तालिममा निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बुन्न सिकाइने उहाँले बताउनुभयो । चोयाका सामान बनाउने सीप सिकाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका अनिल पाइजालाई प्रशिक्षकका रुपमा ल्याइएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ ।

फ्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकाउन थालिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । प्रति डोकालाई रु एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ ।

गाउँमै रहेको कच्चापदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण घटाउने प्लास्टिकजन्य सामानको आयात घटाइ आयआर्जनको अवसर सिर्जना हुने उपाध्यक्ष तिलिजा पुनले बताउनुभयो । रासस