२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन चिनाउने ग्रेटवाल (फोटो फिचर)



अ+ अ-

चीन । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनबारे तपाईं हामी धेरैले सुनेका छौं । कतिपय त पुगेका पनि छौं । तर नपुगेकाहरुले पनि चीनको ग्रेटवालबारे अनेक रोचक तथ्यहरु सुनेका छौं ।

ग्रेटवाल विश्वको सातौं आश्चर्यमध्येको एक हो । यो विशाल पर्खाल हेर्न बर्सेनि लाखौं मानिस पुग्ने गरेका छन् । यो पर्खाल यति ठूलो छ कि अन्तरिक्षबाट पनि देख्न सकिन्छ । यो विशाल पर्खालाई अन्तरिक्षबाट देखिने पृथ्वीको एक मात्र मानव निर्मित संरचना हो भन्ने गरिन्छ ।

यो पर्खाल विश्वको सबैभन्दा लामो पर्खाल हो । यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । जसको कारण अनौठो छ ।

यद्यपि ग्रेटवाल अफ चाइनाको वास्तविक लम्बाइका विषयमा विभिन्न फरक फरक तथ्यहरु रहेका छन् । तथापि सन् २००९ मा भएको एक सर्भेले उक्त पर्खालको लम्बाइ ८ हजार ८५० किलोमिटर रहेको सार्वजनिक गरेको थियो । तथापि सन् २०१२ मा चीनमा गरिएको एक सरकारी सर्भेक्षणले उक्त तथ्यांकलाई गलत सावित गर्‍यो । त्यसक्रममा ग्रेटवालको कूल लम्बाइ २१ हजार १९६ किलोमिटर रहेको नयाँ तथ्य सार्वजनिक भयो । सर्भेक्षणको रिपोर्ट चिनियाँ सरकारी समाचारपत्र सिन्ह्वामा समेत प्रकाशित भयो ।

ग्रेटवाल निर्माणको कथा हजारौँ वर्ष पुरानो छ । चीनको पहिलो सम्राट शी हुआंगले यस पर्खाल निर्माणको कल्पना गरेका थिए, तर उनी सफल भएनन् । उनको मृत्यु भएको सयौँ वर्षपछि ग्रेटवालको निर्माण सुरु भयो । इशापूर्व पाँचौँ शताब्दीमा ग्रेटवालको निर्माण सुरु भएको बताइन्छ । सयौँ वर्षसम्म ग्रेटवालको निर्माण चलिरह्यो । चिनियाँ सम्राटहरुले १६ औँ शताब्दीसम्म ग्रेटवालको निर्माण जारी राखेका थिए ।

शत्रुको आक्रमणबाट चीनलाई जोगाउनका लागि उक्त पर्खाल ठड्याएका हुन् चिनियाँ सम्राटहरुले । सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले यो पर्खाललाई एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए ।

चीनमा यो पर्खाललाई वान ली चेंग चेंगको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइ पनि यति छ कि त्यसमा एकसाथ पाँचवटा घोडा वा १० वटा पैदल सैनिक हिँड्न सक्दछन् । युनेस्कोले यो पर्खाललाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।

 




भर्खरै