२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व



अ+ अ-

भोजपुर। किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन गरिएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा पर्व समापन गरिएको हो ।

आज आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सङ्ख्यामा स्थानीयको सहभागिता थियो । साकेला उभौलीको अवसरमा किरात समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपद् नआओस्, शुभ होस्’ भन्ने कामना गर्दै भूमि, अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात समुदायका युवायुवती गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा विधिवत् पूजाआजा गरेपछि उभौली पर्व सुरु हुन्छ भने साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि साकेला उधौलीपर्व मनाउने गरिएको किरात राई यायोख्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम राख्न पनि यस्ता पर्वहरू महत्त्वपूर्ण मानिन्छन् ।”

साकेला भोजपुरसहित खोटाङ, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा मनाउने गरिन्छ । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला सिलीले आपसमा सामूहिक भावनासमेत प्रदर्शन गरेको छ । रासस