२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कडा सुरक्षाबीच सलमान खान आफ्नो साथीको विवाहमा पुगे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान शनिबार मुम्बईमा आफ्नो साथीको विवाहमा उपस्थित भए । विवाहमा सलमानलाई कडा सुरक्षा व्यवस्थामा देखिएको थियो ।

फ्यान र पाहुनाहरूको होहल्लाका बीचमा, सलमान खान स्टेजमा पुगे र दुलहा र दुलहीसँग पोज दिए । यस हाई प्रोफाइल विवाहमा सलमान खान बाहेक उनका कान्छा भाइ सोहेल खान र भतिजा निर्वाण पनि उपस्थित थिए ।

यस समयमा सलमानले नीलो शर्ट र खैरो सुट लगाएका थिए । भीडमा केही समय बिताएपछि, सलमान त्यहाँबाट हिँडे । उनी पुरै समय सुरक्षाकर्मीले घेरिएका थिए । लरेन्स ग्याङबाट धम्की पाएपछि सलमान खानलाई वाई प्लस सुरक्षा दिइएको छ ।

२०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि मात्र सलमानको सुरक्षा बढाइएको थियो । महाराष्ट्र सरकारले उनलाई वाई प्लस श्रेणीको सुरक्षा प्रदान गरेको छ । ११ जना सिपाहीहरूसधैं सलमानसँगै रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ जना पीएसओ पनि पर्छन् ।

सलमानको कारलाई अगाडि र पछाडि स्कर्टिङ गर्न सधैं दुईवटा गाडी हुन्छन् । यसका साथै सलमानको कार पूर्ण रूपमा बुलेटप्रुफ छ ।

जनवरीमा ग्यालेक्सी अपार्टमेन्टमा भएको गोलीबारीपछि सलमानको अपार्टमेन्टको बाल्कोनीलाई बुलेटप्रुफ बनाइएको थियो । यसका साथै, चारैतिर उच्च रिजोल्युसन क्यामेराहरू पनि जडान गरिएका छन् ।