काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअघि सुरु भएको हो ।
बैठकमा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै थुनामुक्त नगरेपछि यसबारे पार्टीको आगामी रणनीति तय गरिने बताइएको छ ।
त्यस्तै भिजिट भिसामा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकाको विषयमा पनि आज छलफल हुने बुझिएको छ ।
साथै, आजको बैठकले पार्टीको कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे पनि छलफल गर्नेछ ।











