२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रैति बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरु सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गर्नुभएको छ ।

आईतवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरु चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैति बनाउन लागिपरेको टिप्पणी गर्नुभयो । केही रैतिहरू बिहान–बेलुकी नै पूर्वराजा शाहको वरपर घुमिरहेका समेत प्रधानमन्त्री ओलीको आरोप छ । उहाँले नागरिक सर्वोच्चता चाहिदैन भनेर दलालिमा समर्पित केही मान्छेहरुले नागरिकमा असन्तुष्टि बढाएको बताउनु भयो । प्रतिगामी शक्तिहरुले व्यवस्था र संविधान विरोधी काम गर्न सामाजिक सञ्जालमा लगानी गरेको उहाँको आरोप छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफहरुमा जनतामा असन्तुष्टि, समाजमा नकारात्मक सोच र भ्रम छर्ने उद्देश्यले योजनावद्ध लगानी भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राजनीति अलि भाँडिएको छ । प्रतिगामी तत्वहरु निकै धेरै सक्रिय छन् । हामी चुपचाप लोगेको हुनाले उनीहरुको मनोबल माथि उठेको छ । मनोबल सधैं उच्च रहनुपर्ने हाम्रो हो । हाम्रा महान गन्तव्य, लक्ष्य र उद्देश्यहरु छन् । तरपनि हाम्रो मनोबल चाँही त्यति दह्रो नहुने विपक्षीहरु जो प्रतिगामी छन् सोझै लाज नमानिकन तिमीहरु रैति बनेर बस म राजा हुन्छु भनेर भन्ने गर्दछन् । केही रैतिहरु गएर बिहान बेलुकै उसको वरिपरी घुमिराखेका छन् । हामीलाई कुनै अधिकार चाहिँदैन प्रभु हामी रैति हुन तयार छौँ भन्दैछन् । नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालिमा समर्पित केही मान्छेहरु छन् । त्यस्मा मान्छेले अरुमा असन्तुष्टि बढाउन खोजेका छन् बढाएका पनि छन् । सामाजिक सञ्जाल जस्ता भ्रम फिजाउने कुराहरुमा लगानी गरेका छन् । विभिन्न डिजिटल प्लेटफर्महरु, व्यक्ति–व्यक्तिले दुरुपयोग गर्ने र जिम्मेवारी लिनुनपर्ने खालका कुराहरुमा पनि त्यस्तै गरी आइरहेको छ । यो चिजहरुमा हामी आफैं वैयक्तिक रुपमा सक्रिय भएर पैसा खर्च गर्ने कुरामा, भ्रष्टाचार गर्ने कुरामा, पैसा खर्च गरेर यो चलाएर, त्यो चलाएर जाने पक्षमा होइन आफ्नो बलबुतामा अगाडि बढ्ने पक्षमा हो । यस्तो स्थिति भएको हुनाले यस्तो कुरामा हामी आफैंले बुझेर सक्रिय हुन जरुरी छ ।’

निर्वाचित वडा अध्यक्षहरुलाई प्रधानमन्त्री ओलीले प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्न सक्रिय भुमिका खेल्न आग्रह गर्नुभयो ।