१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । बाढीले १५ घर बगाउदा एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँका घर बगाएका हुन् । 

स्थानीयका अनुसार बाह्रबिसको जम्बु बजारका १४ घरका १८ जना हराइरहेको र दुई जनाको शव फेला फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो । 

मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ, केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था नरहेको स्थानीय पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।