२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कान्तिपुर हाफ म्याराथन’ को तेस्रो संस्करण जेठ १७ गते



अ+ अ-

काठमाडौँ। कान्तिपुर हाफ म्याराथन, तेह्रौ संस्करण प्रतियोगिता यही जेठ १७ गते हुने भएको छ ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा हुने उक्त प्रतियोगितामा हाफ म्याराथन २१ दशमलव एक किलोमिटर, कर्पोरेट रन पाँच किमी, कलेज रन सात किमी तथा ह्विलचेयर रेस हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त प्रतियोगिताअन्तर्गत हाफ म्याराथनतर्फका विजेताले जनही रु एक लाख ५० हजार, दोस्रो हुनेले रु ६५ हजार, तेस्रोले रु ५० हजार, चौथोले रु ३० हजार, पाँचौँले रु २० हजार तथा छैटौँ स्थान हासिल गर्नेले रु १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनःसेन्ट्रल बिजनेस पार्कमै आएर सकिनेछ ।

ह्विलचेयर रेसतर्फको शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार पाउनेछन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहने खेलाडीले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनःबानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुङ्गिने छ ।

सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डला हँुदै पुनःसेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ । रासस