२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई तलब खुवाउन सरकारलाई सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । झन्डै १० वर्षअघि सुनसरी जिल्लास्थित लौकही अस्थायी अस्पतालमा करारमा कार्यरत २१ जना कर्मचारीको तलब सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरू सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले उनीहरूले पाउनुपर्ने तलब दिन सरकारका सम्बन्धित निकायलाई आदेश दिएको हो । २०६५ साल भदौ २ गते कोशीबाँध फुटेर विस्थापित भएकाहरूको स्वास्थ्यस्थित परीक्षण गरी उपचार गर्न सरकारले लौकही अस्थायी अस्पतालमा करारमा कर्मचारी भर्ना गरेको थियो ।

२०६५ साल पुस ७ गतेदेखि लागू हुने गरी २४ जनालाई ६ महिनाका लागि भनी करारमा कर्मचारी नियुक्त गरिएको हो । २०६६ साल असार ११ मा अवधि सकिएको भए तापनि अर्को निर्णय नभएसम्मको उनीहरूलाई कामकाज गराइरहने गरी पुनर्निर्णय भएको थियो ।

उनीहरू २०६८ साल असारसम्म काम गरिरहेका थिए । त्यस बेलासम्म उनीहरूले कार्य गरेका भए पनि २०६६ साल फागुनदेखि उनीहरूलाई तबल दिन छाडिएको थियो । उनीहरूले काम गरेको अवधिको पूरा तलब दिन माग गरेका भए पनि आश्वासन मात्र दिने गरी अल्झाइएको बताइएको छ ।

सरकारले पाकेको तलब दिन आनाकानी गरेपछि २४ जनामध्ये २१ जनाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

रिट दायर गर्नेहरूमा स्टाफ नर्स संगीता चौधरी, रामसागर मेहता, पशुपतिकुमारी चौधरी, चन्द्रिकाप्रसाद मेहता, देवसुन्दर मेहता, राकेश पण्डित, कञ्चन चौधरी, वीरेन्द्र उराव, मञ्जुकुमारी उराव, ममता मेहता छन् ।

यसै गरी सर्वोच्चमा रिट निवेदन दायर गर्नेहरूमा रुक्मणीकुमारी उराव, कविताकुमारी मण्डल, स्वप्नकुमार मण्डल, सुन्दरकान्त मण्डल, भुवनेश्वर साहु, शिवनारायण यादव, हरिमाया बानियाँ, चन्दनकुमार यादव, रेणु राजवंशी, प्रमोदकुमार यादव, शर्मिला राई थिए । ती २१ जनाले ५६ लाख ६७ हजार ५ सय ९३ रुपियाँ पाउनुपर्ने दाबी गरेका थिए ।

सर्वोच्च अदालतले २०७६ साल कात्तिक २९ गते उनीहरूले तलब पाउनुपर्ने गरी आदेश जारी गरेको हो । त्यसको पूर्णपाठ भने बुधबार मात्र आएको छ । उनीहरूले निर्धारित मितिसम्म निरन्तररूपमा कार्य गरेको देखिएको उल्लेख गर्दै सर्वोच्चले पाउनुपर्ने तलब ती कर्मचारीलाई उपलब्ध गराउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा राष्ट्रको अर्थतन्त्रको विकासमा संलग्न सार्वजनिक, निजी र सहकारी क्षेत्र सबैमा श्रम शोषण गर्ने कार्य रोजदाताको हैसियतले काममा लगाउने सरकारलगायत कसैले पनि गर्न नमिल्ने उल्लेख गरिएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।