१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैंडाको खागसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिकाले गैंडाको खागसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ सिनामङ्गलस्थित एक क्याफेबाट सोमबार  खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका ४ घर भई ललितपुर गोदावरी नगरपालिकाको टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली ११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको विरेन्द्रनगर ११ घर भई काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन् ।

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।