२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा रोजगारीमा जान नपाएपछी माइतीघरमा यस्तो प्रदर्शन (फोटोफिचर)



अ+ अ-

दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पुरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागि रामहरी देवकोटाले बताउनुभयो । 

सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागिहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, गरि खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्री ज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ,‘काम रोक्न पाइदैन, नालायक सरकार चाँहिदैन’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौ बेरोजगार युवाहरुको भविष्य नविगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।