२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यले तोडे सचिनको १४ वर्ष पुरानो रेकर्ड



अ+ अ-

एजेन्सी । सोमबार सूर्यकुमार यादवको लागि रेकर्डको दिन रह्यो । उनले मुम्बई इन्डियन्स (एमआई)को २ रेकर्ड तोडेका छन् । सूर्यले सचिन तेन्दुलकरको १४ वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।

उनी एक सिजनमा एमआईका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । यसपछि सूर्यले सनथ जयसूर्याको कीर्तिमान पनि तोडे । उनी एकै सिजनमा मुम्बईका लागि सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि बने ।

सूर्यकुमार यादव मुम्बई इन्डियन्सका लागि एकै आइपीएल सिजनमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा पुगेका छन् । उनले अहिलेसम्म १४ खेलमा ६४० रन बनाएका छन् । यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो, जसले २०१० मा ६१८ रन बनाएका थिए ।

२०२३ मा ६०५ रन बनाएर सूर्यकुमार आफैं पनि यो सूचीमा तेस्रो स्थान सुरक्षित गरेका छन् । सचिन तेन्दुलकर यस सूचीमा फेरि पनि ५५३ रन (२०११) सहित चौथो स्थानमा छन् । उनीपछि लेन्डल सिमन्स थिए जसले २०१५ मा ५४० रन बनाएका थिए । रोहित शर्माले २०१३ मा ५३८ रन बनाएर यो सूचीमा छैटौं स्थान हासिल गरेका छन् ।

आईपीएल–१८ को ६९ औं खेलमा, पञ्जाब किंग्स (पीबीकेएस)ले मुम्बई इन्डियन्स (एमआई)लाई ७ विकेटले पराजित गर्यो । जयपुरको सवाई मानसिंह रंगशालामा मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । जवाफमा पञ्जाबले १८.३ ओभरमा ३ विकेट गुमाएर जितको लक्ष्य पूरा गर्‍यो ।