२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधा घण्टाको लागि स्थगित संसद् बैठक अझै सुरु भएन



अ+ अ-

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद चल्न नदिएपछि सभामुख देवराज घिमिरेले बैठकआधा घण्टाका लागि स्थगित गरेका थिए ।

बैठकको सुरुमै बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका थिए । उनले गृहमन्त्रीले नै सरुवा गरेको कर्मचारी अध्यागमनको कार्यालय प्रमुख भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रसस्त गर्नुपर्ने बताए ।

यस्तै, रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।

प्रतिपक्षका विरोधका बिच सभामुखले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएपछि विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक स्थगित गरिएको थियो ।