२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’



अ+ अ-

काठमाडौँ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा प्रतिबन्ध लगाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा एक आदेश जारी गरे । यो आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरूलाई रोक्नु रहेको बताइएको छ ।

ट्रम्प प्रशासनले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको छानबिन कडा बनाउने भएकोले रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ताको तालिका नबनाउन आदेश जारी गरेका छन् ।

उनले भने – ‘तत्काल कन्सुलर शाखाले अर्को निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज भिजिटर (एफ, एम र जे) भिसाका लागि नयाँ नियुक्तिहरूलाई अनुमति दिनु हुँदैन ।’

यद्यपि, पहिले नै निर्धारित अन्तर्वार्ताहरू हुन सक्छन्, तर नयाँ अपोन्टमेन्ट नहुने भएको छ ।




भर्खरै