२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शहर र गाउँबीचको खाडल हटाउँदै समावेशी र दिगो शहरीकरणतर्फ अघि बढ्न सरकार प्रतिवद्ध’



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र गाउँबीचको खाडल हटाउँदै समावेशी र दिगो शहरीकरणको दिशातर्फ अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै सिंहले दिगो र आधुनिकसँगै समावेशी शहर निर्माणका लागि सरकारले स्पष्ट शहरी विकास खाका तयार पारेको बताउनुभएको हो ।

उहाँले शहर र गाउँबीचको असमानता हटाउँदै समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित शहरी प्रणालीमा गर्ने उद्देश्यले सरकारले खाका तयार पारेर कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो । शहर र गाउँलाई एकआपसमा जोड्ने गरी ‘एकीकृत शहरी विकास’ अवधारणा अघि सारेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले नेपालको दिगो र समावेशी शहरीकरणको लागि स्पष्ट खाका तयार गरेको छ । हाम्रो मुख्य उद्देश्य भनेकै गाउँ र शहरबीचको समानता हटाई समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित शहरी प्रणालीमा रूपान्तरण गर्नु हो । यसका लागि हामीले केही योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ । हामीले गाउँ र शहरलाई जोड्ने गरी एकीकृत शहरी विकासको अवधारणा अघि सारेका छौँ । यसअन्तर्गत ग्रामीण क्षेत्रमा आधारभुत शहरी सुविधाहरू जस्तै सडक, खानेपानी, बिजुली, स्वास्थ्य र शिक्षा र्पुयाउने र ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने योजना रहेको छ । यसले शहर र गाउँबीचको खाडल कम गर्नेछ ।’

शहरी सुविधाहरू ग्रामीण भेगमा पु¥याउने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।