२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखाको जवाफ : आन्दोलनले रोक्दैन नाटक, ‘मीरा’ तय समयमा नै मञ्चन हुन्छ



अ+ अ-

काठमाडौं। सिनेमा क्षेत्रमा साढे दुई दशक बिताएकी अभिनेत्री रेखा थापा नाटक ‘मीरा’ मार्फत रंगमञ्चमा डेब्यू गर्दैछिन्। नाटक वैशाख १५ गते बिहीबारदेखि मञ्चन हुँदैछ।

उक्त दिन रेखा आबद्ध राप्रपाले राजधानीमा आन्दोलन गर्ने भएपछि फिल्म ‘महाभोज’को प्रदर्शन मिति सारिएको छ। आन्दोलनले जनजीवन प्रभावित पार्न सक्ने भन्दै फिल्म टिमले प्रदर्शन स्थगन गरेको हो।

‘महाभोज’ले प्रदर्शन रोक्दै गर्दा रेखा भने नाटक रिहर्सल गर्दैछिन् । आन्दोलन र फिल्म स्थगनबारे भन्छिन्, ‘हरेक मान्छेले आफ्नो व्यवसाय गर्न पाउनुपर्छ । आन्दोलन पनि व्यवसायी मजदुर वा देशका विभिन्न तह र तप्काका मनिसकै लागि गर्न खोजिएकै होला । आन्दोलनले कुनै व्यवसायलाई असर पार्नुहुँदैन ।’

कसैलाई असर पर्ने गरी आन्दोलन गर्नु नहुने उनको बुझाइ छ । भन्छिन्, ‘बाटो हिँड्ने बटुवालाई पनि असर गर्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’ उनले नाटक तोकिएको मितिमै मञ्चन हुने स्पष्ट पारिन्, “नाटक किन नहुने? म त मितिमै मञ्चन गर्छु।”