काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिनुभएको हो । उहाँले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सामाजिक सुरक्षामा आवद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा गर्नुभयो ।
जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचय पत्र प्रदान गर्ने बताउँदै बृद्ध भत्ताको उमेर ७० वर्ष कायम गरिएको अर्थमन्त्री पौडेलले बताउनु भयो ।












