२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बाढीले बगायो, यातायात ठप्प हुँदा हजारौं यात्रु अलपत्र



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएको छ । गएराति आएको बाढीले वैकल्पिक सडक बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।

गएरातिको वर्षाले चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम सुरु भएको छ ।

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यान पनि बगाएको छ ।

यता महेन्द्र राजमार्गअन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

दाउन्ने र आसपासको क्षेत्रमा गएराति हल्का वर्षात भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।