२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली



अ+ अ-

दमौली । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गर्नुभएको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो ।

सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गर्नुभएका उहाँले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी दिनुभयो । ५० रोपनी जग्गा भाडामा लिएर शीतलचिनीको खेती गरेकामा १८० किलोग्राम उत्पादन भएको उहाँले बताउनुभयो ।

“उत्पादित मोरिङ्गा पाउडरमध्ये १०० किलो लुम्बिनीस्थित मोरिङ्गा एग्रो उद्योगलाई प्रतिकिलो रु एक हजारका दरले बिक्री गरिसकेको छु । बाँकी ८० आफैँले प्याकेजिङ गरेर बिक्री गर्ने तयारी छ”, पराजुलीले भन्नुभयो, “जिल्लामै पहिलो उद्योग हो यो । यहाँबाट उत्पादन भएको मोरिङ्गा पाउडरलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने सोचसहित आफैँले प्याकेजिङ गरेर बिक्री गर्न लागेको छु ।”

अवकाशपश्चात् यस खेतीबारे आवश्यक अध्ययन गरेर रु २० लाख लगानीमा उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । विगतमा झाँडी रहेको जग्गा भाडामा लिएर फँडानी गरी पाँच हजार बोट लगाएर व्यवसाय सुरु गरेको पराजुलीले जानकारी दिनुभयो । उहाँले मोरिङ्गाको पातबाट धुलो बनाएर प्याकेजिङ गर्ने कार्यका लागि घरेलु तथा पर्यटन उद्योग कार्यालयमा उद्योग स्थापना गर्नुभएको छभने उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँबाट अनुज्ञापत्र अनुमति लिनुभएको छ ।

“अवकाश भएपछि त्यसै बस्न मन लागेन, त्यसैले उद्योग दर्ता गरेर काम सुरु गरेँ । मोरिङ्गाको धुलो बाहिरी जिल्लाबाट २०० ग्रामका लागि रु ७०० मा आउने रहेछ । जिल्लाभित्रैको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले रु ५०० मात्रै शुल्क निर्धारण गरेको छु”, उहाँले भन्नुभयो ।

पराजुलीले यस कार्यका लागि दुई जनालाई रोजगारी दिनुभएको छ । उत्पादनका बेला भने पात काट्नका लागि छ÷सात जनालाई काममा लगाउनु परेको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म यसको उत्पादन हुने गरेको छ । पोषणतत्व बढी हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक भएको र विशेष गरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिकलगायत बिरामीलाई यसले फाइदा गर्ने उहाँले बताउनुभयो ।