२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि बताउनु भयो । गणतन्त्रलाई विवादित बनाइएको भन्दै असन्तुष्टि जनाउनु भयो । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोध कम गरेको महशुस गरेको बताउनु भयो ।

नेतृ झाँक्रीले भन्नुभयो, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस ग¥यौँ की । तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताउनु भयो ।