५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रमा विकास र सुशासन नभएकाले जनताले लडेर गणतन्त्र ल्याए, अब पछाडि फर्कन सम्भव छैन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गर्नुभएको हो ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईँहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे । तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा…गरेर डर लागेन ? भनेर खेलेको याद आयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ । अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर ।”

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गर्नुभयो ।

“दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरकुङ्शता लाद्यो । जनताको अधिकार खोज्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो ।”,

प्रधानमन्त्री ओलीको भनाइ थियो, “यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ । यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन ।”

विरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला विरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गर्नुभयो ।

चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिनुभयो ।

“भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन स्थिपतमा पनि विरामी जादुमयीरुपमा मान्छेलाई बचाएको देखेको छु । त्यस कारण म त भन्छु, डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासंघले भूमिका खेल्न सकोस् ।”