२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ-प्रकाशमान सिंह



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान–योग’ छाता कार्यक्रमको राष्ट्रिय शुभारम्भ समारोहमा उहाँले कुनै पनि देशमा शान्ति कायम हुनुअघि त्यस देशका प्रत्येक नागरिकमा शान्तिको अनुभूति हुनुपर्नेमा जोड दिनुभयो ।

व्यक्ति, व्यक्तिमा शान्ति कायम गराउन केन्द्रले चलाएको ध्यान–योग छाता कार्यक्रमले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गर्नुभयो । केन्द्रले यसअघि पनि देशका विभिन्न स्थानमा शान्ति स्थापनाका लागि गरिरहेको आध्यात्मिक गतिविधिको उहाँले प्रशंसा गर्नुभयो । यो अभियानलाई धेरैभन्दा धेरै मानिसका बीचमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

केन्द्रका राजयोग प्रशिक्षक ब्रह्मकुमार रामसिंह ऐरले विश्वमा एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । व्यक्तिले स्वयंमा शान्तिको अनुभव गरेपछि विश्व शान्तिका लागि टेवा पुग्ने उहाँको भनाइ छ ।

भारतको माउन्ट आबुस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका सुनैना दिदीले ध्यानस्थलमा सकारात्मक ऊर्जा प्रवाह भई शान्तिका लागि सहयोग पुग्ने भएकाले ध्यान–योग छाता कार्यक्रमको शुभारम्भ नेपालमा गरिएको बताउनुभयो । केन्द्रकी राजयोगिनी ब्रह्मकुमारी कुसुम दिदीले आज शुभारम्भ गरिएको कार्यक्रम देशका अन्य भागमा पनि विस्तार गरिने जानकारी दिनुभयो । रासस