२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा लिभरपुलको शतप्रतिशत प्रदर्शन



अ+ अ-

लन्डन । आइतबार लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हराएर घरमा यो सिजन शतप्रतिशत प्रदर्शन कायम राख्यो । एनफिल्डमा यस सिजन खेलेका १७ खेलमध्ये यो लगातार १७ औं जित हो ।

म्यानचेस्टर सिटीविरुद्ध ठूलो अन्तरको हार बेहोरेको लिभरपुलले भिल्लाविरुद्ध पनि जितका लागि संघर्ष गर्नु परेको थियो । उसका लागि साडियो मानेले ७१ औं मिनेटमा पहिलो गोल गरे । कर्टिस जोन्सले ८९ औ मिनेटमा दोस्रो गोल थपे ।

आइतबारकै अर्को खेलमा भने म्यानचेस्टर सिटी साउथह्याम्पटनको हातबाट १–० ले पराजित रह्यो । खेलको निर्णायक गोल चे एडम्सले गरे । यो सिजन लिगमा सिटीको यो नवौं हार हो ।

यो जितपछि साउथह्याम्पटन गणितीय रूपमा प्रिमियर लिगमै कायम रहने निश्चित भएको छ । उसको ४३ अंक भएको छ र १३ औं स्थानमा रहेको छ ।