काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको छ ।
समसामयिक विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । संसद्मा प्रस्तुत बजेटका विषयमा पनि बैठकमा छलफल हुने छ ।
संसद्मा प्रतुत बजेटमाथि भोलिदेखि छलफल हुँदैछ ।
विपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।












