२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद थापाको प्रस्ताव: पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गर्नुभएको छ ।

सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताउनुभएको हो । उहाँले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताउनु भयो ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उहाँले भन्नुभयो– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनfरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनfरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उहाँले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार यसले नोटको महत्व बढाउनेछ ।