२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजना निर्माणमा ढिलासुस्ती उन्मुक्ति नदिइने



अ+ अ-

इलाम। खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनुभएको छ ।

आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।”

तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी उहाँले गराउनुभयो । उहाँले भन्नुभयो, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज समस्या समाधान निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ ।”

उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

सरकारले आधारभूतस्तरको खानेपानी सेवा जनताको पहुँचमा पु-याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो । सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, इलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा निर्माण भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ । रासस




भर्खरै