२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

महासङ्घको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

डा पौडेल यसअघि महासचिव हुनुहुन्छ । यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित हुनुभएको छ ।

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । रासस