२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः १८ वर्षपछि आरसीबी र विराटको सपना साकार, अभागी पञ्जाब



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जितेको छ । १८ सिजनको पर्खाइ सकिएको छ । अन्ततः विराट कोहली पनि च्याम्पियन बनेका छन् ।

अर्कोतर्फ पन्जाब किंग्स भने दोस्रोपटक उपविजेता मै सिमित रह्यो । यसअघि उसले २०१४ मा फाइनल खेलेको थियो । जहाँ कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै उसले उपविजेता मै चित्त बुझाएको थियो ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनलमा आरसीबीले पञ्जाब लाई ६ रनले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनायो ।

जवाफमा पञ्जाबले सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । आरसीबी आईपीएल च्याम्पियन बन्ने आठौं टोली हो । यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद टोली च्याम्पियन बनिसकेका छन् ।

बैंगलोरको इनिङ्स
पहिले ब्याटिङ गर्दै बैंगलोरले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरको सुरुवात खराब रह्यो । फिल साल्ट नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई काइल जेमिसनले आउट गरे ।

यसपछि विराट कोहलीले मयंक अग्रवालसँग इनिङ सम्हाल्ने प्रयास गरे, तर मयंक ठूला सट खेल्दै आउट भए । उनी १८ बलमा दुई चौका र एक छक्काको मद्दतले २४ रन बनाएर आउट भए । यसपछि रजत पाटीदार १६ बलमा २६ रन बनाएर पवेलियन गए ।

विराटले लियाम लिभिङस्टोनसँग ३६ रनको साझेदारी गरे । ३५ बलमा तीन चौकाको मद्दतले ४३ रन बनाएपछि विराट अजमतुल्लाह ओमरजाइबाट आउट भए । जितेश शर्माले ज्वलन्त इनिङ खेले, तर ठूलो शट प्रहार गर्ने प्रयास गर्दा उनी विजय कुमारको बलमा बोल्ड भए ।

जितेशले १० बलमा दुई चौका र दुई छक्काको मद्दतले २४ रन बनाए । अर्शदीप सिंहले अन्तिम ओभरमा तीन विकेट लिए । उनले २० औं ओभरको दोस्रो बलमा रोमारियो शेफर्ड (१७ रन), चौथो बलमा कृणाल पाण्ड्या (४ रन) र भुवनेश्वर कुमार (१ रन) को विकेट लिए ।

पञ्जाबका लागि अर्शदीप र जेमिसनले तीन–तीन विकेट लिए भने अज्मतुल्लाह उमरजाई, विजयकुमार विशाख र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

पञ्जाबको इनिङ्स
१९१ रनको लक्ष्य पछ्याउँदै पञ्जाबको टोलीले राम्रो सुरुवात गरेको थियो । प्रियांश आर्य र प्रभसिमरन सिंहले ४३ रनको साझेदारी गरे । २४ रन बनाएपछि प्रियांश जोस हेजलवुडको बलमा आउट भए । त्यसपछि प्रभसिमरन सिंह २२ बलमा २६ रन बनाएपछि आउट भए ।

फाइनलमा श्रेयस अय्यरको ब्याटले काम गरेन । उनी एक रन बनाएर आउट भए । जोश इंग्लिसले राम्रो ब्याटिङ गरे, तर २३ बलमा एक चौका र चार छक्काको मद्दतले ३९ रन बनाएर पभेलियन फर्किए ।

नेहल बढेरा १५ रन बनाएर र मार्कस स्टोइनिस ६ रन बनाएर आउट भए । अज्मतुल्लाह ओमरजाईले केवल एक रन मात्र बनाउन सके । शशांक सिंहले ३० बलमा तीन चौका र छ छक्काको मद्दतले ६१ रन बनाए, तर त्यो जितका लागि पर्याप्त भएन ।

बैंगलोरका लागि भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले दुई दुई विकेट लिए भने यश दयाल, जोश हेजलवुड र रोमारियो शेफर्डले एक–एक विकेट लिए ।