२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा बालिकाको मृत्यु



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् ।

पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटना स्थलतर्फ लागेको छ ।