२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टेक एण्ड पे’ को विषय संशोधन गर्नेगरी छलफल भइरहेको छ’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैंक तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा उहाँले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको हो ।

“बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,” मन्त्री खड्काले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,” उहाँले भन्नुभयो ।

ऊर्जा क्षेत्रका बाधक कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उहाँको भनाइ छ । मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताउनुभयो ।

उहाँले मध्ये चमेलिया जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । “आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाइन्छ, जति लामो समय भए त्यति ब्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न गर्नुस,” उहाँले भन्नुभयो ।

दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले आयोजना निर्माणसँगै सिङ्गोमुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । उहाँले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल बैँकको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनामा नबिल बैँकले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिनुभयो । रासस