२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाष्टिक प्रदुषण अन्त्य गर्ने चेतनामुलक चित्रकला प्रदर्शनी– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

“बिटिंग द प्लास्टिक“ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्चमक चित्रहरु राखिएको छ । वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरु केन्द्रित छन् ।

विश्व ताममान वृद्धि हुदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्रमार्फत देखाईएको छ । एकेडेमीकी प्रशिक्षक विपना महर्जनले प्रदर्शनीमा रहेका चित्रहरुले दर्शकलाई प्लाष्टिकजन्य फोहोरको प्रयोग बढ्दै जाँदा वातावरण र मानव स्वास्थ्यमा पर्ने असर देखाएर दिगो व्यवस्थापन र रचनात्मक भुमिका निर्माणमा उत्प्रेरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो वातावरणमा प्लाष्टिकले कस्तो असर गरेको छ ? हिमाल चढ्ने मान्छेहरुले गरेको फोहरले हिमाल मात्रै नभई त्यस क्षेत्रका याक लगायतमा असर गरेको भन्दै त्यसो नगरौँ भन्ने सन्देश चित्रहरुले दिएका छन् । हिमाल पग्लिँदै गएकोदेखि याकहरुलाई परेको प्रभाव समेत यहाँका चित्रहरुमा समेटिएको छ ।’

प्रदर्शनीको मुख्य आकर्षक बनेको थियो हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याक सहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको थियो । जहाँ हिमाली क्षेत्रमा हिमाल आरोहीले फालेका प्लाष्टिकले याकसहित हिमाली क्षेत्रमा पारेको असर देखाइएको थियो । त्यसैगरी मानव स्वास्थ्यमा प्लाष्टिकले पारेको प्रभाव, विश्व तापमान बढ्दै जाँदा हिमालहरुमा परेको असर लगायत प्रभाव झल्किने तस्बिरहरु पनि प्रदर्शनीमा राखिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्षको जुन ५ मा वातावरण दिवस मनाउने गरिन्छ ।




भर्खरै