२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छः महासचिव पोखरेल



अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उहाँले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।”

मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताउनुभयो ।

उहाँले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले नागरिकको सोचाई र धारणाअनुसार सूचना प्रविधिमैत्री, एआई, सामाजिक सञ्जाल, अनलाइन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानु पर्ने बताउनुभयो ।

बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले मिसन ०८४ सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचार विरुद्ध सामाजिक सञ्जाल र समाचारमार्फत प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

दुईदिने कार्यशालाको पहिलो दिन आज पार्टी नेता विष्णु रिजालले पार्टी प्रचार र प्रविधि, मातृका पौडेलले नेपाली मिडिया र एजेण्डा सेटिङ, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले माक्र्सवाद र समाजवादबारे प्रशिक्षण दिने जनाइएको छ । दोश्रो दिन नेता राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली, भक्तकुमारी लामाले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।